२०८३ असार १३ गते , शनिबार

सम्योग सम्बृद्धि साकोस भद्रपुरको साधारण सभा सम्पन्न

sajilo news
झापा
२०७९ मंसीर १४ गते , बुधबार
सम्योग सम्बृद्धि साकोस भद्रपुरको साधारण सभा सम्पन्न

भद्रपुर । भद्रपुर- १० स्थित सम्योग सम्बृद्धि बहुउदेश्य सहकारी संस्थाको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले भद्रपुरमा बुधवार आयोजित एक समारोहबीच विभिन्न व्यक्तिलाई सम्मान गर्दै साधारण सभा सम्पन्न गरेको हो । सहकारीले साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारीतर्फ रुपमा हिराकुमारी कार्की, उत्कृष्ट बजार प्रतिनिधि लक्ष्मी बुढाक्षेत्री, उत्कृष्ट व्यवस्थापक खगेन्द्र बानियाँ, उत्कृष्ट ज्येष्ठ बचतकर्ता अमृत बहादुर बोहोरा र असल ऋणीतर्फ रुपमा द्रोणाचार्य न्यौपानेलाई सम्मान गरेको हो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट सहकारीका अध्यक्ष विनोद चौहानले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु गरेका थिए । प्रतिवेदनमा हाल संस्थाको शेयर पुँजी १ करोड ५५ लाख २९ हजार ६ सय रहेको उल्लेख गरिएको छ । ९ वर्ष अघि ३३ जना शेयर सदस्यबाट सुरु भएको संस्थामा हाल २ हजार ४ सय ६० जना शेयर सदस्य रहेको उल्लेख गरिएको छ । युवा व्यवसायी तथा समाजसेवी उपेन्द्र बानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष मेघनाथ निरौला, साहित्यकार खगिन्द्रा खुसी, धिरेन्द्र कुमार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

 

सम्बन्धित समाचार