२०८३ असार १३ गते , शनिबार

सवारीको ठक्करबाट साइकल यात्रीको मृत्यु

sajilo news
मोरङ
२०७९ मंसीर १४ गते , बुधबार
सवारीको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका–७ मा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट मंगलबार राति साइकलयात्रीको मृत्यु भएको छ। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा परेर पथरीशनिश्चरे नगरपालिका–१० का ४३ वर्षीय युवराज खत्रीको मृत्यु भएको हो। 
साइकलमा पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा पहिचान नखुलेको सवारीसाधनले राति ९स्३० बजेतिर ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए। 

उद्धार गरेर उपचारका लागि पथरी अस्पताल पुर्‍याइएका उनलाई राति १०स्१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको कार्कीले बताए। दुर्घटना गराएर फरार बनेको सवारीसाधनको खोजी र पहिचानका लागि प्रहरी परिचालन गरिएको छ। 

सम्बन्धित समाचार