२०८१ माघ २७ गते , आईतबार

विश्वकप फुटबल : आज पनि चार खेल

sajilo news
एजेन्सी
२०७९ मंसीर १४ गते , बुधबार
विश्वकप फुटबल : आज पनि चार खेल

दोहा । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा  बुधबार चार खेल हुँदैछन्। समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेल हुन लागेको हो। समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ। 

यी खेलबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ। यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिकोबीच खेल हुँदैछ।

सम्बन्धित समाचार