२०८३ बैशाख २३ गते , बुधबार

झापामा डाका र जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर १२ गते , सोमबार
झापामा डाका र जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ

झापा । झापामा डाका र जबरजस्ती करणी मुद्दाका एक फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक सुरुङ्गा गाविस- ४ हाल कनकाई नगरपालिका- ४ निवासी ७७ वृद्ध वर्षीय धनपति ढुंगाना रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार झापा जिल्ला अदालत भद्रपुरको २०६७ पुस १३ गतेको फैसला अनुसार डाका र जबरजस्ती करणी मुद्दाका फरार ढुंगानालाई  ६ बर्ष कैद र  ७५ हजार जरिवानासहितको सजाय तोकेको थियो ।

फैसला सुनवाइ हुनु अघिदेखि नै फरार रहेका उनलाई प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइसकेको डीएसपी पाठकले बताए । 

 

सम्बन्धित समाचार