२०८३ भाद्र १० गते , बुधबार

मेचीनगरको निन्दा बाँधसम्मको बाटो धमाधम कालोपत्रे हुँदै

sajilo news
झापा
२०७९ मंसीर ११ गते , आईतबार
मेचीनगरको निन्दा बाँधसम्मको बाटो धमाधम कालोपत्रे हुँदै

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर भित्रका सडकहरूलाई स्तरबृद्धि गर्दै धमाधम कालोपत्रे गर्न थालेको छ । नगरपालिकाको बजेटबाट प्रत्येक वडामा कम्तीमा २ किलोमिटर कालोपत्रे सड्क बनाउने  योजना अनुसार नगरपालिकाले वडा नम्बर ८ स्थित दुर्गा मन्दिर पश्चिम निन्दा बाँधसम्मको बाटो कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । 

आफूहरूले यस बाटोको प्रत्यक्ष निगरानी गर्नुका साथै समय समयमा अनुगमन समेत गरिरहेको बताउँदै नगर प्रमुख बुढाथोकीले अब चाडै नै यस बाटोमा कालोपत्रे लगाउने कार्य सम्पन्न हुने बताए ।

नगरप्रमुख बुढाथोकी , उपप्रमुख मिना पोखरेल उप्रेती, १ नम्बर प्रदेश सभाका निवर्तमान प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर ८ का वडाध्यक्ष गिरिराज धमलालगायतको टोलीले आइतबार बिहान स्थलगत अनुगमन गरेको छ ।

त्यस क्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेतीले कामको गुणस्तरका विषयमा नगरको प्राविधिक तथा निर्माण कम्पनीसँग जानकारी लिँदै कामको गुणस्तरमा ध्यान दिन निर्देशन दिए ।

सम्बन्धित समाचार