२०८३ बैशाख ७ गते , सोमबार

मेक्सिकोविरुद्ध अर्जेन्टिनाको सहज जित 

sajilo news
एजेन्सी
२०७९ मंसीर ११ गते , आईतबार
मेक्सिकोविरुद्ध अर्जेन्टिनाको सहज जित 

दोहा । फिफा विश्वकपको समूह ‘सी’अन्तर्गत शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलको नतिजामा पराजित गरेको छ। लुसेल रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा आक्रामक शैली अपनाएको अर्जेन्टिनाका लागि ६४औं मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अग्रता दिलाएका थिए। मेसीको गोलसँगै अग्रता लिएको अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेजले ८७औं मिनेटमा दोस्रो गोल गरेका थिए।
पहिलो खेलमा साउदी अरबसँग अप्रत्यासित पराजयपछि अर्जेन्टिना जित्नै पर्ने दबाबमा थियो। यो जितसँगै अर्जेन्टिना नकआउट चरण नजिक पुगेको छ। शनिबार नै भएको अर्को खेलमा पोल्यान्डले साउदी अरबलाई २–० को नतिजामा पराजित गरेको थियो। समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्ड तथा मेक्सिकोले साउदी अरबसँग खेल्ने छ।

सम्बन्धित समाचार