२०८३ असार १३ गते , शनिबार

भद्रपुर-बिर्तामोड जोडने सडक : भद्रपुरका युवाद्वारा अवरोध, सहमतिपछि खुलाइयो

sajilo news
झापा
२०७९ मंसीर ९ गते , शुक्रबार
भद्रपुर-बिर्तामोड जोडने सडक : भद्रपुरका युवाद्वारा अवरोध, सहमतिपछि खुलाइयो

भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढीस्थित लेखनाथ चोकमा धुलो पीडित जनताले सडक अवरोध सहमतिपछि खुलाइएको छ ।  भद्रपुर-बिर्तामोड सडक अन्तरगत भद्रपुर ७ र १० को सिमानामा पर्ने लेखनाथ चौकमा केही युवाहरूले सडकका खाल्डाखुल्डीका कारण उत्पन्न धुलो तथा जोखिम बढेको भन्दै बिहानैदेखि गरेको अवरोध साँझ जिल्ला प्रशासन कार्यालयको रोहवरमा सडक विभागसँग सहमति गरी खुलाइएको हो । 

सहमतिअनुसार निर्माण सम्पन्न नहुन्जेल निर्माण कम्पनीले धुलो रोक्न हरेक दिन पानी हाल्ने छ भने सडक निर्माण कार्यलाई तीव्र पारिने जनाइएको छ । सडक अवरोधका कारण गन्तव्य पुग्ने सवारीसाधनले वैकल्पिक बाटो प्रयोग गर्न बाध्य बनेका थिए । 

सम्बन्धित समाचार