२०८३ असार १३ गते , शनिबार

मेचीनगरमा ल्याइयो नयाँ दमकल

sajilo news
झापा
२०७९ मंसीर ८ गते , विहीबार
मेचीनगरमा ल्याइयो नयाँ दमकल

झापाको मेचीनगर नगरपालिकाले नयाँ वारुण यन्त्र (दमकल) खरिद गरेर ल्याइएको छ । आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरिएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । विगतमा एउटा मात्रै दमकल हुँदा नगरमा आगलागीबाट ठुलो क्षति बेहोर्नु परेको थियो नगर प्रमुख बुढाथोकीले भने, त्यसलाई न्यूनीकरण गर्नका लागि मेचीनगरमा नयाँ दमकल खरिद गरिएको उनले बताए । 

नगरको बजेट बाट रू ५९ लाख ७७ हजार ७ सयमा म्याप इन्टर क्लिनर्स प्रालि काठमाडौँबाट ३५ सय लिटर पानी ५ सय फम क्षमताको नयाँ दमकल खरिद गरिएको आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए । योसँगै अब मेचीनगरमा दुई वटा दमकल भएको छ ।

सम्बन्धित समाचार