२०८३ असार १३ गते , शनिबार

सिटौला मतान्तर घटाउँदै, लिङदेनको अग्रता कायमै

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ७ गते , बुधबार
सिटौला मतान्तर घटाउँदै, लिङदेनको अग्रता कायमै

झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला मतान्तर घटाएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ झापा क्षेत्र नम्बर ३ को पछिल्लो मतगणना अनुसार राजेन्द्रप्रसाद लिङदेनले १८ हजार १३४ मत ल्याउँदा सिटौलाले १५ हजार ४२७ मत ल्याएका छन् । लिङदेन भन्दा सिटौला २ हजार ७०७ मतले पछि परेको छ ।

यसभन्दा अघिको मतगणना अनुसार दुवैबीच मतान्तर २९४३ थियो । सिटौलाले अहिले २३६ मतान्तर घटाएको देखिन्छ । यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको थियो । हालसम्म ३८ हजार २१२ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार