२०८३ असार १३ गते , शनिबार

अज्ञात समूहद्वारा भद्रपुरमा दुई वटा मोटरसाइकलमा आगजनी

sajilo news
झापा
२०७९ मंसीर ६ गते , मंगलबार
अज्ञात समूहद्वारा भद्रपुरमा दुई वटा मोटरसाइकलमा आगजनी

भद्रपुर । भद्रपुर- १० चन्द्रगढीस्थित बिपी टोलको एउटा घरमै राखिएको दुई वटा मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरी क्षति पुर्‍याएको छ । सिर्जनशील सरस्वती मार्गमा रहेको राधाकृष्ण अधिकारीको घरमा राखिएका दुई वटा मोटरसाइकलमा गए राति अज्ञात समूहले आगजनी गरी क्षति पुर्‍याएको हो ।

पीडित अधिकारीका अनुसार राति साढे ९ बजेतिर एक्कासि त्रिपालले छोपेर राखेको मोटरसाइकलमा आगो बलेको देखेको र मोटरसाइकलको पछाडिको भाग जलिरहेको अवस्थामा आगो नियन्त्रणमा लिँदा थप क्षति हुन पाएन । आगलागीबाट प्र—१—०१—१२ प ५२३९ को पल्सर मोटरसाइकलमा पछाडिपट्टि पूर्ण क्षति भएको छ भने मे ७ प ९६९७ मा पनि क्षति पुगेको छ । अधिकारीका अनुसार घर अगाडि पूर्ण रूपमा गेट बन्द रहेका कारण पछाडिबाट मोटरसाइकल चोर्न पसेका व्यक्तिले गेट फुटाउन नसकेपछि त्रिपालले छोपेका मोटरसाइकलमा आगो लगाएर भागेको हुन सक्ने अनुमान छ । प्रहरीले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार