२०८३ भाद्र १० गते , बुधबार

झापा- ३ मा लिङदेनको प्रारम्भिक अग्रता

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ५ गते , सोमबार
झापा- ३ मा लिङदेनको प्रारम्भिक अग्रता

झापा । झापा क्षेत्र नम्बर- ३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रारम्भिक अग्रता लिएको छ । बाह्रदशी र कचनकवल गाउँपालिकाको मतगणना सुरु गर्दा लिङदेनले नेपाली काँग्रेस कृष्णप्रसाद सिटौला भन्दा १४ मतले अग्रता लिएका छन् ।

लिङदेनले २२७ मत ल्याउँदा सिटौलाले २१३ मत ल्याएका छन् । यस क्षेत्रमा ६८ दशमलव २० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा ३ मा ६६ हजार ०६१ पुरुष र ६५ हजार ३७१ महिला गरी १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको हो ।

सम्बन्धित समाचार