२०८३ भाद्र १० गते , बुधबार

झापा ४ र ५ मा मतगणना सुरु

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ५ गते , सोमबार
झापा ४ र ५ मा मतगणना सुरु

झापा ।  झापा निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा मतगणना सुरु भएको छ । दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । दुवै क्षेत्रमा  

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतगणना सुरु गरिएको हो ।  झापा ४ मा ६४.४५ प्रतिशत मतदान भएको छ । यस क्षेत्रमा ६२ हजार २२ पुरुष, ६१ हजार १०१ महिला र अन्य १ गरी १ लाख २३ हजार १२४ मतदाता रहेकोमा ७९ हजार ३४९ प्रतिशत मत खसेको हो । प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका एलपी सावा, नेपाली काँग्रेसका देउकुमार थेबे, स्वतन्त्र उम्मेदवार खुश्वु ओली लगायतमा प्रतिस्पर्धामा छन् । त्यस्तै झापा ५ मा ६६.२० प्रतिशत मत खसेको छ ।

यस क्षेत्रमा ७६ हजार ६७ पुरुष, ७८ हजार २२० महिला र अन्य २ गरी १ लाख ५४ हजार २८९ मतदाता रहेकोमा १ लाख २ हजार १५० मत खसेको हो । प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका अध्यक्ष ओली, नेपाली काँग्रेसका डा। खगेन्द्र पाण्डव अधिकारी लगायत प्रतिस्पर्धामा छन् । 

सम्बन्धित समाचार