२०८३ भाद्र १० गते , बुधबार

मतपेटिका संकलन गरी फिक्कल लैजाँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट

sajilo news
इलाम
२०७९ मंसीर ४ गते , आईतबार
मतपेटिका संकलन गरी फिक्कल लैजाँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट

इलामको माई नगरपालिकाका मतपेटिका संकलन गरी फिक्कल तर्फ गइरहेको गाडीलाई लक्षित गरी साँझ ८ः४५ बजे अज्ञात समूहले बम विस्फोट गराएको छ। बम विस्फोटबाट भने कुनै क्षति भएको छैन। माई नगरपालिका वडा नम्बर ४ सुखानी सहादत स्थलमा माई नगरपालिका भित्रको ७ वटा बडाको मतपेटिका लिएर फिक्कल तर्फ गएको गाडी लक्षित बम विस्फोट भएको राष्ट्रिय युवा सङ्घ नेपालका माई अध्यक्ष कुमार लिम्बुले जानकारी दिए ।

घटना पछि मतपेटिका अन्यत्र बाटो गरी अगाडी बढाइएको छ। माई नगरपालिका भित्रको मतपेटिका फिक्कल पुर्‍याउन झापाको बाटो हुँदै लानु पर्ने बाध्यता रहेको छ। बम विस्फोट लगतै ठुलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सुखानी क्षेत्रमा परिचालन भएको बताइएको छ।

सम्बन्धित समाचार