२०८३ भाद्र १० गते , बुधबार
झापा- ३ मा ६८.२० प्रतिशत मत खस्यो
झापा । झापा- ३ मा ६८ दशमलव २० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा- ३ मा ६६ हजार ०६१ पुरुष र ६५ हजार ३७१ महिला गरी १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ६८ दशमलव २० प्रतिशत मत खसेको हो । झापा- ३ मा ६७ मतदान स्थलमा १५५ मतदान केन्द्र रहेको छ ।
झापा- ३ मा प्रतिनिधिसभा सदस्यतर्फ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाबीच कडा प्रतिष्पर्दा भएको आकलन गरिएको छ । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समिति भद्रपुरमा मतपेटिका संकलनको काम भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।