२०८३ असार १३ गते , शनिबार

ओलीको निर्वाचन क्षेत्र झापा- ५ मा ६६.२० प्रतिशत मत खस्यो

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ४ गते , आईतबार
ओलीको निर्वाचन क्षेत्र झापा- ५ मा ६६.२० प्रतिशत मत खस्यो

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा- ५ मा ६६ दशमलव २० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा ५ मा ७६ हजार ६७ पुरुष, ७८ हजार २२० महिला र अन्य २ गरी १ लाख ५४ हजार २८९ मतदाता रहेकोमा ६६ दशमलव २० प्रतिशत मत खसेको हो ।

झापा- ५ मा ६१ मतदान स्थलमा १७६ मतदान केन्द्र रहेको छ । झापा- ५ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका अध्यक्ष ओली, नेपाली काँग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी लगायत प्रतिस्पर्धामा छन् । अहिले निर्वाचन अधिकृतको कार्यालय रहेको दमक नगरपालिकामा मतपेटिका सङ्कलनको काम भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार