२०८३ असार १३ गते , शनिबार
झापा- ४ मा ६४.४५ प्रतिशत मत खस्यो
झापा । झापा क्षेत्र नम्बर ४ मा ६४ दशमलव ४५ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार ६२ हजार २२ पुरुष, ६१ हजार १०१ महिला र अन्य १ गरी १ लाख २३ हजार १२४ मतदाता रहेकोमा ६४ दशमलव ४५ प्रतिशत मत खसेको हो । झापा ४ मा ६३ मतदान स्थलमा १४९ मतदान केन्द्र रहेको छ ।
झापा-४ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका एलपी सावा, नेपाली काँग्रेसका देउकुमार थेबे, स्वतन्त्र उम्मेदवार खुश्वु ओली लगायतमा प्रतिस्पर्धामा उत्रिएका छन् । अहिले निर्वाचन अधिकृतको कार्यालय रहेको कनकाई नगरपालिकामा मतपेटिका सङ्कलनको काम भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।