२०८३ असार १३ गते , शनिबार

झापामा मतदाताले च्याते मतपत्र

sajilo news
झापा
२०७९ मंसीर ४ गते , आईतबार
झापामा मतदाताले च्याते मतपत्र

झापा । झापा बिर्तामोडको देवी मावि केन्द्रमा एकजना मतदाताले मतपत्र च्यातेका छन् । आफ्नो उम्मेदवार कोही नभएको भन्दै उनले मतपत्र च्यातेका हुन् । मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने कानूनी व्यवस्था छ ।

तर, देवी मावि मतदान केन्द्रमा मतपत्र च्यात्नेलाई कुनै कार्वाही गरिएको छैन । एकजना मतदाताले मतपत्र च्यातेको कुरा सुनेको तर पक्राउ नगरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए ।

सम्बन्धित समाचार