२०८३ असार १३ गते , शनिबार

काँग्रेस महामन्त्री शर्माले मतदान गर्दै भने : देशभर गठबन्धनप्रति जनता उत्साहित

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ४ गते , आईतबार
काँग्रेस महामन्त्री शर्माले मतदान गर्दै भने : देशभर गठबन्धनप्रति जनता उत्साहित

झापा । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर १ बाट गठबन्धनबाट साझा उम्मेदवार बनेका काँग्रेस महामन्त्री शर्माले मेचीनगर नगरपालिका ९ स्थित कविशिरोमणि मतदान केन्द्र (२) मतदान गरेका हुन्। उनले आज बिहान ९ बजेर १५ मिनेटमा मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीसँगै बोल्दै शर्माले भने,  'देशभर गठबन्धनको उत्साहजनक माहौल छ ।' 'स्थानीय तहमा जसरी पहिलो पार्टी बन्न सफल भइयो, आम निर्वाचनमा पनि पहिलो पार्टी बन्छौँ,' उनले भने ।  

 

सम्बन्धित समाचार