२०८३ असार १३ गते , शनिबार

झापाको एउटा मतदान केन्द्रमा मतदान स्थगित

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ४ गते , आईतबार
झापाको एउटा मतदान केन्द्रमा मतदान स्थगित

झापा । झापाको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । झापा क्षेत्र नम्बर ४ अन्तरगत शिवसताक्षी नगरपालिका १० स्थित बाल निकुञ्ज माविको (ग) मतदान केन्द्रमा मतदान स्थगित बनेको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । सो मतदान केन्द्रमा मतदान सुरु भएको थियो ।

प्रतिनिधिसभा सदस्यको मतपत्र मतदाताले सामुनपातिक मतपेटिकामा खसालेपछि मतदान अवरुद्ध भएको उनले बताए । अहिले सोही विषयमा सर्वदलीय छलफल भइरहेको उनले बताए । मतदान अधिकृतको कमजोरीले त्यसो भएको हुन सक्ने अनुमान गरिएको छ । यता जिल्लाका  ७६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेको छ । 

केही मतदान केन्द्रमा व्यवस्थापनमा ढिलासुस्ती हुँदा समयमा मतदान सुरु हुन सकेको थिइन् । कतै १५ मिनेट त कतै ३० मिनेटसम्म ढिला भएको थियो । झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाता रहेको छ । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचनको सुरक्षाका लागि जिल्लामा ३४ सय म्यादीसहित नेपाल प्रहरी ५५ सय, सशस्त्र प्रहरी १ हजार ७२, नेपाली सेना र अनुसन्धान गरी करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । अहिले जिल्लाभर त्यस्तो कुनै अप्रिय घटना नघटेको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । अहिले शान्तिपूर्ण रुपमा मतदान सुचारु भइरहेको उनले बताए ।   

सम्बन्धित समाचार