२०८३ बैशाख ३० गते , बुधबार

अज्ञात समूहद्वारा दुई ठाउँमा बम विस्फोट

sajilo news
झापा
२०७९ मंसीर ३ गते , शनिबार
अज्ञात समूहद्वारा दुई ठाउँमा बम विस्फोट

निर्वाचनलाई बिथोल्ने गरी शुक्रबार राती उदयपुरको दुई ठाउँमा अज्ञात समूहले बम विस्फोट गराएको छ। निर्वाचनको समय दुई दिन बाँकी छँदा उदयपुरगढी गाउँपालिकाको वडा नं ७ र ८ को मध्यभागको जंगल र त्रियुगा नगरपालिका १६ को जंगलमा बम विस्फोट भएको हो। 

दुई ठाउँमा बम विस्फोट भए पनि सुरक्षा निकायले भने उदयपुरगढीमा भएको विस्फोटको मात्र पुष्टि गरेको छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार शुक्रबार राती करिब ११:४५ को समयमा जंगलमा बमको जस्तो आवाज आएको हो। 

उनले भने, ‘बमको जस्तो आवाज आएपछि सडक, बस्ती र मतदान स्थलमा सुरक्षा सतर्कता बढाउँदै खोज्यौ तर कहीँ भेटिएन, हाम्रो अनुमान जंगलमै पड्किएको हुनु पर्दछ। 'त्रियुगा नपा १६ मा भने स्थानीयले ठुलो आवाजले पड्किएको बताए पनि कहीँ कतै फेला नपरेको उनले बताए। 

सम्बन्धित समाचार