२०८३ असार १३ गते , शनिबार

ट्रकको ठक्करबाट श्रीमान्-श्रीमतीको मृत्यु

sajilo news
झापा
२०७९ मंसीर ३ गते , शनिबार
ट्रकको ठक्करबाट श्रीमान्-श्रीमतीको मृत्यु

झापा । काठमाडौँको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बसेकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका मृत्यु भएको हो ।
राई दम्पती चढेको प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । 

सम्बन्धित समाचार