२०८३ असार १३ गते , शनिबार
स्वस्तिक छाप लगाइएका मतपत्र बोकेको भारतीय गाडी नियन्त्रणमा
महोत्तरीमा स्वस्तिक छाप लगाइएका मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ स्थित गौरीडाँडाबाट शुक्रबार राति ८ बजे स्वस्तिक छाप लगाइएका मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए।
पँगेनीका अनुसार सूर्य चिह्नमा स्वस्तिक छाप लगाएको २६२ थान नमूना मतपत्र फेला परेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो। पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको प्रहरी प्रमुख पँगेनीले जानकारी दिए।
मौन अवधिमा आचारसंहिताविपरीत चुनावी प्रचारका सामग्री लिएर हिँडेको गाडी र चालकसहित निर्वाचन कार्यालयमा कारबाहीका लागि सिफारिश गरिने एसपी पँगेनीले जानकारी दिए। थाहाखबरबाट