२०८३ बैशाख ३० गते , बुधबार

भद्रपुरमा बम जस्तो देखिने शङ्कास्पद बस्तु फेला 

sajilo news
झापा
२०७९ मंसीर २ गते , शुक्रबार
भद्रपुरमा बम जस्तो देखिने शङ्कास्पद बस्तु फेला 

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा बम जस्तो देखिने शङ्कास्पद बस्तु फेला परेको छ । भद्रपुर- ७ चन्द्रगढीस्थित वीरेन्द्र माविको पश्चिम पट्टीको गेटमा  शङ्कास्पद बस्तु फेला परेको हो । कार्टुनले प्याक गरिएको वस्तुमा तार निस्किएको छ । त्यसमाथि खतरा भनेर समेत लेखिएको छ ।

बम जस्तो देखिने शङ्कास्पद बस्तु फेला परेपछि सशस्त्र प्रहरीले सो क्षेत्रमा घेरा हालेर राखेको छ । त्यस क्षेत्रमा सर्वसाधारणलाई प्रवेश गर्न दिएको छैन । शङ्कास्पद वस्तु फेला परेसँगै सशस्त्रले नेपाली सेनाको  डिस्पोजल टोलीलाई खबर गरेको छ ।  सेनाको टोली आउने क्रममा रहेको जनाइएको छ । शङ्कास्पद वस्तु फेला परेको वीरेन्द्र मावि मतदान स्थल हो । 

सम्बन्धित समाचार