२०८३ असार १३ गते , शनिबार

१० हजार नक्कली मतपत्र र २५० थान स्वस्तिक छापसहित दुईजना पक्राउ 

sajilo news
झापा
२०७९ मंसीर २ गते , शुक्रबार
१० हजार नक्कली मतपत्र र २५० थान स्वस्तिक छापसहित दुईजना पक्राउ 

वीरगन्जबाट १० हजार नक्कली मतपत्र र नगदसहित दुईजना पक्राउ परेका छन् । वीरगन्जको बसपार्क सडकखण्डबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ । नक्कली मतपत्र र नगदसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।

बाराको कलैयाबाट वीरगन्ज आउँदै गरेको बा। प्रदेश १–१०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित ठूलो परिणाममा नक्कली मतपत्र फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका  प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ का कार चालक अमिरी राउत र कारमा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका राजन सिंह रहेका छन् । अन्नपूर्णबाट

सम्बन्धित समाचार