२०८१ चैत्र १४ गते , विहीबार

पत्रकार प्रसाईँलाई पितृ शोक

sajilo news
झापा
२०७९ कार्तिक ३० गते , बुधबार
पत्रकार प्रसाईँलाई पितृ शोक

नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य देवेन्द्र प्रसाईँलाई पितृ शोक परेको छ । राष्ट्रिय समाचार समिति झापाका पूर्व प्रमुख समेत रहेका प्रसाईँका पिता विष्णुकुमार प्रसाईँको ८७ वर्षको उमेरमा निधन भएको हो । दम, मुटु , रक्तचाप र मधुमेह रोगका कारण प्रसाईँ केही समयदेखि अस्वास्थ्य थिए । ताप्लेजुङको साघुमा १९९२ साल माघ २५ गते जन्मिएका प्रसाईँका श्रीमती धनमाया, तीन छोरा र छ जना छोरी रहेका छन् ।
तीन छोरा बुहारीमा जेठा छोराबुहारीहरूमा डिल्ली– सुनिता हुन् भने माइला देवेन्द्र –लीला अनमोल रहेका छन् । कान्छा छोरा राजन रहेका छन् । प्रसाईँकी माहिली बुहारी लीला नेपाल पत्रकार महासंघ झापाकी सदस्य हुन् ।
प्रसाईँका छ जना छोरीहरूमा गोमा बराल, राधा विमली, सरोज सेढाई, रुपा विमली, ममता खरेल र दीपा आपगाई रहेका छन् ।
प्रसाईँको बिहीबार बिहान कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

सम्बन्धित समाचार