२०८१ चैत्र १४ गते , विहीबार

पत्रकार घिमिरेमाथि आक्रमण प्रयास, घटनामा संलग्नलाई कडा कारबाहीको माग

sajilo news
झापा
२०७९ कार्तिक ३० गते , बुधबार
पत्रकार घिमिरेमाथि आक्रमण प्रयास, घटनामा संलग्नलाई कडा कारबाहीको माग

सगरमाथा टेलिभिजनका झापा संवाददाता समेत रहेका घिमिरेमाथि मंगलबारराति बिर्तामोडस्थित पपुलर होटलमा खाजा खान बसेको समयमा आक्रमण भएको थियो ।

नचिनेका व्यक्तिहरुले घिमिरेलाई वियरको बोतलले प्रहार गरेपछि उनी भागेर ज्यान बचाएका थिए । उनी भागे लगत्तै घिमिरे चढ्ने बा २६२७ नम्बरको कार समेत तोडफोड भएको थियो । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको समाचारको
विषयलाई लिएर नितेश डाँगी नाम गरेका व्यक्तिले समाचार किन लेखेको भन्दै बोतल प्रहार गरेका थिए ।

पत्रकारलाई असुरक्षित बनाउने, धाकधम्की दिने, अराजक गतिविधि गर्नेहरुको निन्दा र भत्र्सना गर्दै महासंघले पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गर्न स्थानीय प्रशासन तथा सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सम्प्रेषित समाचारप्रति चित्त नबुझे वा गुनासो भए त्यस उपरकानूनी कारबाहीमा जाने प्रावधान हुँदाहँुदै पत्रकार र पत्रकारको सवारी साधनमाथि आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी कार्य भएको महासंघको ठहर छ ।

त्यस्तै १ नम्बर प्रदेश महासचिव विवेक गौतमले विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल पक्राउ गरेर कानूनी कारबाही गरिनुपर्ने र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसअघि पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले विज्ञप्ति जारी गर्दै पत्रकार घिमिरेमाथि भएको भौतिक आक्रमणको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका थिए ।

सम्बन्धित समाचार