२०८१ चैत्र १४ गते , विहीबार

माई नदीको ढिस्कोले पुरिएर झापाका दुई बालक घाइते

sajilo news
झापा
२०७९ कार्तिक ३० गते , बुधबार
माई नदीको ढिस्कोले पुरिएर झापाका दुई बालक घाइते

कुमरखोद ।  झापा गाउँपालिका वडा १ को मिलनबस्तीमा माई नदीको ढिस्कोले पुरिएर दुई बालक सख्त घाइते भएका छन् । घाइते हुनेहरूमा भीम सोरेनका ६ वर्षीय छोरा मुकेश सोरेन र ललि मुर्मूका ४ वर्षीय छोरा फरमिस मुर्मू रहेका छन् ।

घरनजिकै रहेको माई नदीको बाँधमा ३ जना छिमेकी बालकहरू खेलिरहेको अवस्थामा बालुवाको बाँध भत्किएर दुईजना बालक पुरिएका थिए । पुरिएपछि उनीहरूसँगै खेलिरहेका अर्का बालकले हल्ला गरेपछि गाउँलेहरूले जम्मा भई तत्कालै उद्धार गरेका थिए ।

उद्धार गर्ने समयमा बालकहरू अचेत अवस्थामा थिए । तिनीहरूलाई बचाउनका लागि मुखबाट कृत्रिम श्वासप्रश्वास दिएको रघु टुडुले बताए । अहिले दुवै बालकहरूको बिर्तामोडको विएण्डसी अस्पतालको सघन कक्षमा उपचार भइरहेको मुकेश सोरेनका ठुला बुवा सुनिलाल सोरेन जानकारी दिएका छन् ।

सम्बन्धित समाचार