रोकिएला त बिहीबारदेखि झापामा मादक पदार्थ बिक्री वितरण ?

झापा । जिल्ला प्रशासन कार्यालय झापाले भोलि बिहीबारदेखि जिल्लाभरि मादक पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । प्रशासन कार्यालयले बुधवार एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भययरहीत वातावरणमा सम्पन्न गराउन गृह मन्त्रालयको पत्र अनुसार मंसिर १ गतेदेखि ५ गतेसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवा कार्य निषेध गरिएको जानकारी गराएको हो ।
सो आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । प्रशासनले सूचना जारी गरे पनि निर्वाचनको बेलामा मादक पदार्थ बिक्री वितरण तथा सेवा रोकिएला भन्ने अहिले आम चासोको विषय समेत बनेको छ । निर्वाचनको बेला झन् मादक पदार्थको बिक्री वितरण बढ्ने भएकोले त्यसलाई प्रशासनले कडाइका साथ लागू गर्नुपर्ने आम झापावासीको माग छ ।