२०८१ चैत्र १४ गते , विहीबार
भद्रपुर नगरपालिकाको कार्यालय दुई दिन बन्द

भद्रपुर । भद्रपुर नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा दुई दिन बन्द हुने भएको छ । नगरपालिकाले बुधवार एक सूचना जारी गर्दै मंसिर १ र २ गते कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी गराएको हो ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कार्य सम्पन्न गर्नका लागि यस नगरपालिका र वडा कार्यालयहरूबाट कर्मचारी खटिनु पर्ने भएकोले अत्यावश्यक सेवाहरू ( वारुणयन्त्र र सरसफाइ) बाहेकका सेवा बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर रेग्मीले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।