२०८३ भाद्र ११ गते , विहीबार

झापाको कचनकवलमा दारा नभएको एउटा जंगली हात्ती मृत फेला

sajilo news
झापा
२०७९ कार्तिक ३० गते , बुधबार
झापाको कचनकवलमा दारा नभएको एउटा जंगली हात्ती मृत फेला

झापामा दारा नभएको एउटा जंगली हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जंगलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका १ स्थित घेरावारि निवासी गङ्गा दाहालको धान खेतमा वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
मृत फेला परेको हात्तीको दारा नरहेको कचनकवल– १ का वडा अध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए । 'हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दारा छैन,' उनले भने ।

हात्तीको पेट सुन्निएको छ । डिभिजन वन कार्यालयको टोली आएर पोस्टमार्टम गरिरहेको र त्यसपछि खाल्डो खनेर अन्त्येष्टि गरिने उनले बताए ।  यसअघि पनि जलथल जंगलमा हात्ती मृत फेला परिसकेको छ । सो जंगलमा एक दर्जन बढी रैथाने हात्ती बस्दै आएको छ । हात्ती नियन्त्रणका लागि सौर्य विद्युती तारबार लगाइए पनि सो जंगलबाट हात्ती गाउँघर पसेर क्षति पुर्याउँदै आएकोले स्थानीय त्रसित छ ।
 

सम्बन्धित समाचार