२०८३ असार १३ गते , शनिबार

झापाको दुर्गापुरमा बसले मोटरसाइकल दियो ठक्कर, श्रीमान-श्रीमतीको मृत्यु

sajilo news
झापा
२०७९ कार्तिक २९ गते , मंगलबार
झापाको दुर्गापुरमा बसले मोटरसाइकल दियो ठक्कर, श्रीमान-श्रीमतीको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दुर्गापुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कनकाई नगरपालिका–७ दुर्गापुरमा भएको दुर्घटनामा अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र ५० वर्षीया सीतादेवी मैनालीको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना मोटरसाइकलमा सवार रहेका थिए । उनीहरु श्रीमान श्रीमती रहेको बताइएको छ ।

दुर्घटनामा ठक्कर दिने सवारी तथा चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताइएको छ ।

सम्बन्धित समाचार