२०८३ असार १३ गते , शनिबार

विश्वको जनसंख्या ८ अर्ब नाघ्यो

sajilo news
झापा
२०७९ कार्तिक २९ गते , मंगलबार
विश्वको जनसंख्या ८ अर्ब नाघ्यो

आज विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। ७ अर्ब जनसंख्या पुगेको ११ वर्षमा विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ।

२० औँ शताब्दीमा विश्वव्यापी रूपमा देखा परेका विभिन्न संकटका कारण अब अर्को एक अर्ब जनसंख्या थपिन भने १५ वर्ष लाग्न सक्ने राष्ट्रसंघको अनुमान छ। राष्ट्र संघले यसपछि सन् २०८० सम्म पनि विश्वको जनसंख्या १० अर्ब पुग्न नसक्ने अनुमान गरेको छ।

विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो। त्यहाँ करिब १ अर्ब ४४ करोड जनसंख्या छ। यस्तै भारतमा १ अर्ब ३८ करोडभन्दा बढी जनसंख्या छ। त्यस्तै अमेरिकाको जनसंख्या ३३ करोड तथा इन्डोनेशियाको जनसंख्या २७ करोडभन्दा बढी रहेको वल्डोमिटरको तथ्यांक छ।

सम्बन्धित समाचार