२०८३ असार १३ गते , शनिबार
आम निर्वाचन : मंसिर ४ र ५ गते सार्वजनिक बिदा
सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निणर्य गरेको हो ।
विद्यालयलाई भने दुई गते पनि विदा दिइने सूचनामा उल्लेख छ । गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई बिदा दिने निणर्य भएको उल्लेख छ ।
निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निणर्य गरेको हो । गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।