२०८३ असार १३ गते , शनिबार
मेचीनगरमा अटोसहित अवैध सामान बरामद
भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको सामानसहितको एक अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मेचीनगर- ६ स्थित भट्टराई चोकमा भारतबाट नेपालतर्फ आएको प्र-१–०१–००१-ह-८३५५ नम्बरको अटोलाई शङ्का लागेर चेकजाँच गर्दा अवैध रुपमा भन्सार छली ल्याएको अन्दाजी मूल्य ५८ हजार २ सय बराबरको जाडोमा लगाउने टोपी २८२ थान, बच्चाको ट्राउजर ३०० थान फेला परेको थियो । ती सामान र अटो गरी ३ लाख ८ हजार मूल्याङ्कन तोकेर आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।