२०८३ असार १३ गते , शनिबार
बिर्तामोडको सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा
बिर्तामोड- ५ स्थित प्रसाई सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा लिइएको छ । करिव एक घण्टामा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट राजकुमार बंशलको बंशल कपडा पसलमा पूर्ण क्षति भएको छ । बिच बजारको पसलमा आगलागी हुँदा ठुलो क्षति हुन सक्ने त्रासले नेपाली सेना समेत खटिएको छ ।
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी, बिर्तामोड, मेचीनगर, कमल, कनकाई र भद्रपुरको दमक समेतको प्रयासबाट आगलागी नियन्त्रणमा आएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए ।