२०८३ असार १३ गते , शनिबार
बिर्तामोडको प्रसाईँ मार्केटमा आगलागी, नियन्त्रणको प्रयास
बिर्तामोड । झापाको बिर्तामोडमा आगलागी भएको छ । बिर्तामोड मुक्तिचोकको पूर्वपट्टि दुर्गा मन्दिर छेउको प्रसाईँ मार्केटमा आगलागी भएको हो ।
धरान टेलर्सको माथ्लो तलामा रहेको बंशल रेडिमेड पसलमा आगलागी भइरहेको र आगो नियन्त्रणका लागि दमकल बोलाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । विद्युत् सर्ट भएर सो आगलागी भएको आशङ्का गरिएको छ । विद्युत् सर्ट भएर केही महिनाभित्र बिर्तामोडमा आगलागी भएको यो तेस्रो घटना हो ।