२०८३ असार १३ गते , शनिबार

आजको मौसम : हिमपात र हल्का बर्षाको सम्भावना

sajilo news
झापा
२०७९ कार्तिक २९ गते , मंगलबार
आजको मौसम : हिमपात र हल्का बर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ । मंगलबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशको कर्णाली प्रदेशको हिमाली भू-भाग र बाँकी हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

मंगलबार राति भने देशको पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश-१ का हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार