२०८३ असार १३ गते , शनिबार

बिर्तामोडमा जथाभाबी फोहोर मैला फाल्ने एउटा कार नियन्त्रणमा 

sajilo news
झापा
२०७९ कार्तिक २८ गते , सोमबार
बिर्तामोडमा जथाभाबी फोहोर मैला फाल्ने एउटा कार नियन्त्रणमा 

बिर्तामोड नगर प्रहरीले राजमार्ग छेउमा जथाभाबी फोहोर मैला फाल्दै गरेको अवस्थामा एउटा कार नियन्त्रणमा लिएको छ ।सोमबार साँझ बिर्तामोडको बसपार्क पस्ने स्थान नजिकै पूर्व पश्चिम राजमार्गको छेउमा फोहोर मैला फाल्दै गरेको अवस्थामा बा ५ च ६६८६ नम्बरको मारुती सुजुकी कार नियन्त्रणमा लिएको हो । 

घर तथा पसलबाट निस्किएको फोहोर बोरामा प्याक गरेर कार चालक सुजन कुमालले सडक छेउमा फाल्दै गर्दा फेला परेको नगर प्रहरी कमान्डर किरण पाण्डेले जानकारी दिए। नियन्त्रणमा लिएको कार नगरपालिकामा राखिएको छ । बिर्तामोड नगरपालिकाले सडक किनारमा जथाभावी रुपमा फोहोर फाल्नेलाई पक्राउ गरी कानुन अनुसार जरिवाना गर्दै आएको छ ।

सम्बन्धित समाचार