२०८३ भाद्र १० गते , बुधबार
मेचीनगरमा पुलबाट झरेर एक साइकल यात्रीको मृत्यु
मेचीनगर । झापाको मेचीनगरमा आइतबार बिहान पुलबाट झरेर एकजनकको मृत्यु भएको छ । दोकानडाँडादेखि पूर्व मेचीनगर नगरपालिका ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर एक साइकल यात्रीको मृत्यु भएको हो ।
मृतकको पहिचान हुन सकेको छैन । घटनास्थलतर्फ प्रहरी टोली गइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले जानकारी दिए ।