२०८३ भाद्र १० गते , बुधबार

झापामा मधेसी समुदाय संगठित हुँदै

sajilo news
झापा
२०७९ कार्तिक २६ गते , शनिबार
झापामा मधेसी समुदाय संगठित हुँदै

झापामा पनि मधेसी समुदायका मानिसहरू संगठित हुन थालेका छन् । समुदायको हकहितका लागि बिर्तामोडमा रहेका मधेसी समुदायका मानिसहरूले नेपाल मधेसी समाज सेवा समिति गठन गरेका छन् । गत कात्तिक १९ गते भएको भेलाले गठन गरेको  नगर समिति  शनिवार एक कार्यक्रम गरी घोषणा गरिएको हो । 

समितिको अध्यक्षमा सामाजिक अभियन्ता तथा अधिकारकर्मी रामेश्वर मण्डल रहेका छन् ।   त्यस्तै उपाध्यक्षमा  उमेश शाह , महासचिव शम्भुकुमार शाह , सचिव प्रकाश महतो र कोषाध्यक्षमा  भरत महतो रहेका छन् । त्यस्तै सदस्यहरूमा  मोहनकुमार झा , विवेक शाह , नरेश शाह , गन्नु सहनी , विजय शाह , कला राउत , मोनिका शाह र किशु शाह रहेका छन् । त्यस्तै  सत्यनारायण राउत , दिलिप सिंह , सञ्जयकुमार शर्मा , अजय शाह र रामनन्दन शाह रहेको सल्लाहकार समिति पनि चयन गरिएको छ । सामाजिक कार्य गर्ने  उद्धेश्य राखेर समुदायको हकहितका लागि आफूहरू संगठित भएको समितिका अध्यक्ष मण्डलले बताए ।

उनले अन्य क्षेत्रका मधेसीहरूलाई पनि संगठित गर्दै जाने कार्यक्रम रहेको जानकारी दिए । रामेश्वर मण्डलको अध्यक्षता तथा पूर्व जनप्रतिनिधि  सत्यनारायण राउतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रकाश महत्त्वले गरेका थिए । कार्यक्रमको सञ्चालन निशा कर्णले गरेकी थिइन् । बिर्तामोड क्षेत्रमा  करिब ७ हजार मधेसी समुदायका मानिसहरूको बसोबास रहेको अनुमान गरिएको छ ।

 

सम्बन्धित समाचार