२०८१ माघ २७ गते , आईतबार

कर्णाली साकोसद्धारा मृत्यु भएका शेयर सदस्यको ४ लाख बढी कर्जा मिनाहा

sajilo news
झापा
२०७९ कार्तिक २६ गते , शनिबार
कर्णाली साकोसद्धारा मृत्यु भएका शेयर सदस्यको ४ लाख बढी कर्जा मिनाहा

कर्णाली बचत तथा ऋण सहकारी संस्था झापाले मृत्यु भएका शेयर सदस्यको सम्पूर्ण कर्जा मिनाहा गरेको छ । कर्णाली साकोसका शेयर सदस्य, ओम डेन्टल भद्रपुरका सञ्चालक भद्रपुर- १० निवासी डा. सुमनकुमार ढकालको मृत्यु पश्चात् उनले लिएको सम्पूर्ण कर्जा संस्थाले मिनाहा गरेको हो ।

स्व.सुमनसहित उनका श्रीमती मेनुका र छोरी सुवानी पनि संस्थाको शेयर सदस्य हुन् ।  उनका परिवारजनले ५ लाख रुपैयाँ कर्जा लिएकोमा सावा र ब्याज गरी ४ लाख ४९९ रुपैयाँ तिर्नुपर्ने देखिन्थ्यो । संस्थाले कर्जा सुरक्षण कोषबाट तिर्नुपर्ने सबै रकम मिनाहा गरेको कर्णाली  साकोस सेवा केन्द्र भद्रपुरका प्रमुख रविन कार्कीले जानकारी दिए । 

संस्थाका पदाधिकारी तथा कर्मचारीहरूले शनिवार उनको घरमै पुगेर समवेदना प्रकट गर्दै कर्जा मिनाहाको कागज र काजक्रिया खर्च बापत नगद ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । नगद रकम र कर्जा मिनाहाका कागज संस्थाका जिल्ला सचिव भूपाल बस्नेतले वाचन गर्दै परिवारजनका सदस्यलाई हस्तान्तरण गरेका थिए । डेन्टल डा। सुमनको ३१ वर्षको उमेरमा कार्तिक २० गते निधन भएको थियो ।  
 

सम्बन्धित समाचार