२०८३ असार १३ गते , शनिबार

'नो नट अगेन'लाई कारवाही अघि नबढाउन सर्वोच्चको आदेश

sajilo news
झापा
२०७९ कार्तिक २४ गते , विहीबार
'नो नट अगेन'लाई कारवाही अघि नबढाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नो नट अगेन अभियानलाई कारवाही अघि नबढाउन यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।

बिहीबार न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। गत कात्तिक २० मा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरूविरुद्ध कारवाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी थियो।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले नो नट अगेनलाई कारवाही गर्न नहुने भन्दै रिट दायर गरेका थिए।

सम्बन्धित समाचार