२०८३ असार १३ गते , शनिबार
झापाको पन्थापडामा आगलागी, ६० लाख रुपैयाँ भन्दा बढीको क्षति
झापा । झापा गाउँपालिका ५ स्थित पन्थापडा बजार नजिकै एक घरमा आगलागी हुँदा ६० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । बुधवार साँझ ६:४० बजे पन्थापडा निवासी काशीलाल राजवंशीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट राजवंशीको दुई तले काठको घर पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय वडा अध्यक्ष कृष्ण राजवंशीले बताए । आगलागीबाट घरसहित घरभित्र रहेका सम्पूर्ण सामान जलेर खरानी भएको छ । आगलागी विद्युत् सर्ट भएर हुन सक्ने स्थानी प्रहरीको भनाई छ ।