२०८३ असार १३ गते , शनिबार

मतदानमा विचार पुर्‍याउन युवा नागरिक समाजको आग्रह

sajilo news
झापा
२०७९ कार्तिक २३ गते , बुधबार
मतदानमा विचार पुर्‍याउन युवा नागरिक समाजको आग्रह

युवा नागरिक समाज झापाले विचार पुर्‍याएर मात्र मतदान गर्न मतदातालाई आग्रह गरेको छ । बुधवार झापाको बिर्तामोडमा मोटरसाइकल र्‍यालीको आयोजना गर्दै समाजले मतदाताहरूलाई  त्यस्तो आग्रह गरेको हो । हाम्रोलाई होइन राम्रोको पहिचान गरी मतदान गर्न भन्दै विकास तथा सुशासनका लागि नागरिकलाई विवेकको मत प्रयोग गर्न समाजले आग्रह गरेको हो । सैनिक मोडबाट सुरु गरिएको मोटरसाइकल र्‍याली बिर्तामोड नगरपालिका परिक्रमापछि मुक्ति चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा नागरिक समाज झापाका अध्यक्ष केशव भण्डारीले पटक–पटकको निर्वाचनमा युवाले हालेको भोटको कदर नभएको बताए । उनले गलत उम्मेदवारलाई मत नदिन आग्रह गरे । युवा परिवर्तनको पक्षधर भएकोले आस्था जता भए पनि परिवर्तनको भिजन बोकेका जुनसुकै उम्मेद्वारलाइ भोट हाली विकास र सुशासनका लागि योगदान गर्न उनको आग्रह थियो ।  अबको परिवर्तन युवा शक्तिले मात्र गर्न सक्ने उनले बताए । 

सम्बन्धित समाचार