२०८३ असार १३ गते , शनिबार

इलामको माईजोगमाई चितुवा आतंक

sajilo news
इलाम
२०७९ कार्तिक २३ गते , बुधबार
इलामको माईजोगमाई चितुवा आतंक

इलामको माईजोगमाई गाउँपालिकाका विभिन्न ठाउँमा जंगली जनावरको आतंक पुनः बढेको छ । माईजोगमाई १ लप्सिबोटे गुरुङ गाउँमा बाख्राको फार्ममा गए राती चितुवा पस्दा एउटा बोका मारेको पिडितले जानकारी दिए ।

रातीको समयमा बाख्राको खोरमा चितुवा पसेर बाख्रा मारेको पिडित ललित गुरुङले बताए । गुरुङको बाख्राको फाममा ३० वटा बाख्रा रहेको र एउटालाई आक्रमण गरेको थाहा पाएपछी चितुवा भागेको ललितले बताए ।

‘चितुवाले करिव राति ९ बजे पछि बाख्रालाई आक्रमण गरेको थियो हामीले थाहा पायौ र उठेर बाख्राको खोरमा जाँदा एउटा बोका मारिसकेको थियो , मान्छे देखे पछि चितुवा भाग्यो’ गुरुङले भने । माईजोगमाईमा बर्सेनि जंगली जनावरको आतंक हुने गरेको छ । कहिले चितुवा कहिले बँदेल त कहिले भालु लगायत अन्य जंगली जनावरले बर्सेनि दुःख दिदै आएको छ ।

किसानले लगाएको अन्नबाली बदेलले नष्ट गर्ने गरेको छ । गत बर्ष भालुले मान्छेलाई आक्रमण समेत गरेको थियो भने चितुवाले माईजोगमाईका विभिन्न स्थानमा २० भन्दा धेरै बाख्रा मारेको थियो ।

सम्बन्धित समाचार