२०८३ असार १३ गते , शनिबार
झापाको शरणामती बजारमा आगलागी
शरणामती। झापा गाउँपालिका वडा नम्बर- ५ को शरणामती बजारमा अहिले आगलागी भइरहेको छ । शरणामतीका काशीलाल राजवंशीको घरमा आगलागी भएको हो ।
राजवंशीको घरमा केहीबेरअघि आगलागी शुरु भएको र अहिलेसम्म दमकल आइनपुगेको वडाध्यक्ष कृष्ण राजवंशीले बताए । उनले स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।