२०८३ असार १३ गते , शनिबार
शुभसाइत सहकारी संस्थाको अध्यक्षमा श्रेष्ठ
भद्रपुर । भद्रपुरस्थित शुभसाइत बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मदन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । बुधवार भद्रपुरमा आयोजित संस्थाको ९ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेका हुन् । संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा संजोक गिरी, सचिवमा कञ्चन आचार्य र कोषाध्यक्षमा ज्योति बर्मन चयन सर्वसम्मत भएका छन् । त्यस्तै सदस्यहरूमा विवेक राजवंशी, दीपक खवास र साइरस अधिकारी चयन भएका छन् ।
संस्थाका अध्यक्ष दीपक खवासको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिकाका सहकारी विभाग प्रमुख नेत्र प्रसाद पोखरेल, प्रेम खनाल, विवेक राजवंशी, लेखनाथ कोइराला लगायतले मन्तव्य राखेका थिए । संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष खवासले प्रस्तुत गरेका थिए ।