२०८३ असार १३ गते , शनिबार
बिर्तामोडमा पिकअप गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
झापामा पिकअप गाडीको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-३ निवासी ६० वर्षीय उदयबहादुर गहतराज रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड-३ मा सोमबार बिहान ५ बजे प्रदेश १-०१-००१ च ८३१९ नम्बरको पिकअप गाडीले साइकल यात्री गहतराजलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी घाइते भएका गहतराजको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।