२०८३ असार १३ गते , शनिबार

कनकाई नगरपालिकाले सुरुङ्गा बजारको अनधिकृत संरचनामाथि चलायो डोजर

sajilo news
झापा
२०७९ कार्तिक २० गते , आईतबार
कनकाई नगरपालिकाले सुरुङ्गा बजारको अनधिकृत संरचनामाथि चलायो डोजर

झापा । सडक मिचेर अनधिकृत रूपमा बनाएका भौतिक संरचनामाथि कनकाई नगरपालिकाले डोजर चलाउने अभियान सुरु गरेको छ। 
नगरपालिकाले सुरुङ्गा बजारस्थित झापा रोड क्षेत्रमा सडक पेटी मिचेर बनाइएका घर तथा टहरा हटाउन भन्दै गत असोज १४ गते ३५ दिने सूचना जारी गरेको थियो। 

स्थानीयले सो सूचनाको अवज्ञा गरेको भन्दै नगरपालिकाले आइतबारदेखि डोजर चलाएर त्यस्ता संरचना हटाउन सुरु गरेको हो। नगरपालिकाको डोजरले स्थानीय पदम प्रसाईँको चार तले घर अगाडीको भाग भत्काइदिएको छ। 

प्रसाईँले सडक पेटी मिचेर पक्की घर बनाएका थिए। नगरपालिकाले जारी गरेको ३५ दिने सूचनाको म्याद शनिवार सकिए पनि कुनै संरचना नहटेपछि आजदेखि नगरभर डोजर चलाउने अभियान सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए।

कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईंका अनुसार वडाभित्र ८८ वटा घरको लाछी अनधिकृत रूपमा सडक मिचेर बनाइएको छ।  'त्यस्ता संरचना हटाउन दुई दिन माइकिङ गरिन्छ,' उनले भने, 'सम्बन्धित घरधनीले आफैं हटाए राम्रो नत्र बल प्रयोग गरेर भत्काइन्छ।'
 

सम्बन्धित समाचार