२०८० आश्विन ७ गते , आईतबार

आदर्श कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

sajilo news
झापा
२०७९ कार्तिक १९ गते , शनिबार
आदर्श कलेजका विद्यार्थीलाई वित्तीय साक्षरता

बिर्तामोड । आदर्श स्कुल अफ म्यानेजमेन्टको आयोजना, सुरुवाती कोठा नेपाल झापा तथा एनएमबी बैंकको सहकार्यमा विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

आदर्श कलेजकी एकाडेमिक कोर्डिनेटर विजया भण्डारीको अध्यक्षता ,तालिम संयोजक दीपक दासले सञ्चालन गरेको कार्यशालामा बैक तथा वित्तीय संस्था ,बचत गर्ने बानी ,बैकको महत्त्व , बाल बचत ,आधुनिक बैङ्किङ प्रणाली आदिको बारेमा एनएमबी बैङ्क चन्द्रगढी शाखाका प्रमुख विश्वास आचार्य तथा कर्मचारी आशिष् तिम्सिनाले सहजीकरण गरेका थिए ।

कार्यशालामा एनएमबी बैङ्कका कर्मचारी सरोज अधिकारी ,दिव्या लुइँटेल र कलेजका ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार